Loktantra Khabar National Weekly
Ad

बारामा झन्डा मेलामा झडप : एसपी भन्छन्–‘स्थित साम्य भइसक्यो’

लोकतन्त्र खबर
५ मंसिर २०८०

काठमाडौँ । बाराको पचरौता नगरपालिका–७ स्थित बेनौलीमा झडप हुँदा दुई जना घाइते भए । गए राति महाबिरी झन्डा राख्ने विषयमा एउटै गाउँका दुई समूहबिच झडप भएको हो । झडपमा परेर पचरौता–७ बस्ने ४० वर्षीय लक्ष्मी पटेल र ४२ वर्षीय चण्डीका पटेल घाइते भएका हुन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फायर गरेको थियो । झन्डा मेलालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नबारे प्रहरीले सोमबार बिहानदेखि छलफल गराए पनि साँझ झडप भएको थियो । साँझ एउटा समूले अर्को समूहलाई आक्रमण गर्दा तनाव सिर्जना भएको तर, अहिले स्थिति नियन्त्रणमा आएको बाराका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए । काफ्ले भन्छन्–‘अहिले स्थिति साम्य भइसक्यो ।’

गत वर्ष झन्डा लाने समूह र समूहको बिचमा आफूले झन्डा लान पाउनुपर्ने बारेमा विवाद भएको थियो । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: