Loktantra Khabar National Weekly
Ad

ब्रोडवे इन्फोसिसलाई प्रतिष्ठित एसोशियो एडटेक अवार्ड

लोकतन्त्र खबर
५ मंसिर २०८०

काठमाडौं मंसिर ५ ,  सूचना प्रविधिको क्षेत्रको अग्रणि आइटी प्रशिक्षण सस्थाको रुपमा प्रसिद्ध ब्रोडवे इन्फोसिस प्रा.लिले असिस्को एडटेक अवार्ड २०२३बाट सम्मानित भएको छ ।

दक्षिण कोरियाको सियोलमा भएको उक्त  प्रतिष्ठित समारोहमा ब्रोडवे इन्फोसिस सम्मानित भएको हो ।

ब्रोडवे इन्फोसिसको तर्फबाट प्रवन्ध निर्देशक हरिकृष्ण अधिकारी र व्यावशाय विकास निर्देशक उत्तम अधिकारीले सम्मान ग्रहण गरेका थिए ।

पुरस्कार केवल ब्रोडवे इन्फोसिस को समर्पण मात्र नभएर नेपालमा समस्त आई टी परिदृश्य मा परेको राम्रो प्रभावको प्रमाण  भएको ब्रोडवे इन्फोसिसका प्रवन्ध निर्देशक हरिकृष्ण अधिकारीले बताए ।

उनका अनुसार यो पुरस्कार छनौट प्रक्रियामा नेपालको तर्फबाट प्रतिनिधित्वको भूमिका कम्प्यूटर एसोसियसन नेपाल (CAN) को रहेको थियो ।

यसका साथै  उक्त अवार्ड समारोहमा वर्ल्ड लिंक कम्युनिकेशनसलाई डिजिटल ट्रान्सफरमेसन अवार्डले सम्मान गरिएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: