Loktantra Khabar National Weekly
Ad

एनएमबि बैंक र गुप्ता इम्पेक्स बीच सहकार्य

लोकतन्त्र खबर
२२ कार्तिक २०८०

लोकतन्त्र समाचारदाता
सर्लाही,कात्तिक २२

एनएमबि बैंकले इलेक्ट्रोनिक्स, फर्निचर तथा किचेनका सामाग्रीहरुको खरिदमा छुट प्रदान गर्नेगरी गुप्ता इम्पेक्ससंग सहकार्य गरेको छ ।

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा शाखा रहेको उक्त बैंकले मलंगवा-८ स्थित रहेको गुप्ता इम्पेक्स सँग बुधबार सहकार्य गर्दै छुट प्रदान गर्ने सम्झौता गरेको हो।

यस बैंकका खाताधारी जो कोही ब्यक्तिले उक्त पसलबाट खरिद गरेका इलेक्ट्रोनिक्स,फर्निचर तथा किचेनका सामाग्रीहरुमा एनएमवी बैंकको कार्ड वा eNMB APP मार्फत भुक्तानी गर्दा १५.९९ प्रतिशत छुट पाउन सकिने बैंकका मलंगवा शाखा प्रबन्धक दिलिप।कुमार श्रेष्ठले जनाएको छ।

एमएमवी बैंक दि फिनान्सियल टाइम्स लण्डनको “द बैंकर” पत्रिका द्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफ द इयर एसिया”बाट सम्मानित भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्: