Loktantra Khabar National Weekly
Ad

सात जना जुवाडे रेस्टुरेन्टबाट पक्राउ

लोकतन्त्र खबर
२१ कार्तिक २०८०

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका-११ कपन खरिबोटस्थित सुलभ (नमस्ते) रेस्टुरेन्ट एण्ड स्नोकर हाउसमा जुवातास (ओखर) खेलिरहेको अवस्थामा ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्नोकर हाउसमा ओखर खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले ललितपुर गोदावरी घर भई हाल काठमाडौँ गोकर्णेश्‍वर नगरपालिका-८ बस्ने ३५ वर्षीया मिरू तामाङ समेत ७ जनालाई नगद २३ हजार ६ सय ८० रुपैयाँ र ८ दाना ओखरसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: