Loktantra Khabar National Weekly
Ad

नेप्सेमा दोहोरो अंकको वृद्धि, १९९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो

लोकतन्त्र खबर
२० कार्तिक २०८०

काठमाडौं  कात्तिक २०, सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१.३० अंक बढेर १८४७ विन्दु कायम भएको छ । कुल १९९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने १२ को स्थिर रह्यो ।

सोमबार कारोबार खुलेदेखि नै बजार बढेको हो । दिनभर कुल ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि आइतबार ९७ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस दिन होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.७३ प्रतिशत बढ्यो । नेपालमा पर्यटकको संख्या बढेकाले होटलहरुको वित्तीय विवरण राम्रो आउने आशमा लगानीकर्ता यस क्षेत्रमा आकर्षित देखिएका छन् । होटलमा पनि सोल्टीको मूल्य ५.८ प्रतिशत बढ्यो भने सिटी होटलको ५.६, ओरियन्टल होटलको ३.८८ प्रतिशत मूल्य बढ्यो ।

होटलका अलवा अरु सबै क्षेत्रका उपसमूह बढेका छन् । बैंकिङ ६, विकास बैंक ४२, फाइनान्स १३, होटल तथा पर्यटन १८१, जलविद्युत् २५, जीवन बीमा ११३, उत्पादन तथा प्रशोधन ६६, लघुवित्त ९, निर्जीवन बीमा २२१, अन्य २६ र ब्यापार उपसमूह ६९ अंक बढे ।

यी हुन् मूल्य धेरै बढेका र घटेका कम्पनी

यस दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशत बढ्यो । त्यस्तै आशा लघुवित्तको ६, दिव्यश्वरी हाइड्रोपावरको ५.८८, माइखोला हाइड्रोपावरको ५.८, सोल्टी होटलको ५.८, नेपाल रिपब्लिक मिडियाको ५.८, मेन्छियाम हाइड्रोपावरको ५.७, सिटी होटलको ५.६ प्रतिशत मूल्य बढ्यो ।

लक्ष्मी लघुवित्तको मूल्य भने ४.२ प्रतिशत घटेको छ । त्यस्तै विन नेपाल लघुवित्तको ३.९९, एनआईसी एसिया लघुवित्तको ३.९१ तथा मायाखोला हाइड्रोपावरको मूल्य २.४ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा भने सोल्टी होटल, सोना सिमेन्ट, हिमालयन बैंक संस्थापक, हाथवे इन्भेस्टमेन्ट तथा मञ्जुश्री फाइनान्स क्रमशः अगाडि रहे । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: