Loktantra Khabar National Weekly
Ad

कुन ग्रहमा दिन र वर्ष कति लामो ? यस्ता छन् रोचक तथ्य

लोकतन्त्र खबर
२० कार्तिक २०८०

काठमाडौं । सौर्य मण्डलमा हरेक ग्रहको आ आफ्नो विशेषता छ । आठवटै ग्रहले अलग अलग गतिमा सूर्यको परिक्रमा गर्दछन् ।

पृथ्वीले ३ सय ६५ दिनमा सूर्यको परिक्रमा गर्दछ भने केही ग्रह यस्ता पनि छन् जसले सूर्यको एकपटक परिक्रमा गर्न १ सय वर्षभन्दा पनि धेरै समय लगाउँछन् ।

सूर्यलाई परिक्रमा गर्ने ग्रहहरुको गतिका केही रोचक तथ्य यस्ता छन्ः

.   बुध ग्रह: यो ग्रह आफ्नो अक्षमा निकै धिमा गतिमा परिक्रमा गर्दछ । पृथ्वीको ५९ दिन बराबर यहाँको एक दिन हुन्छ । यद्यपि यसले सूर्यको परिक्रमा भने निकै तिव्र रुपमा गर्दछ । पृथ्वीको ८८ दिनमा यसले सूर्यको एक चक्कर पूरा गर्दछ ।

.   शुक्र ग्रह: हुनत बुध ग्रह सूर्यबाट सबैभन्दा नजिक छ, तर शुक्र ग्रह चाहीँ सबैभन्दा तातो ग्रह हो । यसलाई सूर्यको परिक्रमा गर्नका लागि २ सय २५ पृथ्वी दिन लाग्दछ । अर्को रोचक तथ्य चाहीँ शुक्र ग्रह आफ्नो अक्षमा अन्य ग्रहको तुलनामा उल्टो घुम्दछ । साथै यसलाई आफ्नो अक्षमा एकपटक घुम्नका लागि २ सय ४३ दिन लाग्दछ । यसको अर्थ शुक्र ग्रहमा एक वर्ष भन्दा एक दिन लामो हुन्छ ।

.   मंगल ग्रह: यो ग्रहले ६सय ८७ दिनमा सूर्यको परिक्रमा गर्दछ । अर्थात् मंगल ग्रहको एक वर्ष पृथ्वीको १.८८ वर्ष बराबर हुन्छ । नासाले मंगल ग्रहका दिनलाई सोल नामाकरण गरेको छ ।

.   बृहस्पति ग्रह :बृहस्पतिमा दिन निकै छोटा हुन्छन् । सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हुनुका बाबजुत त्यहाँ केवल १० घण्टाको एकदिन हुन्छ । यद्यपि सूर्यबाट निकै टाढा भएका कारणले यसले सूर्यको परिक्रमा गर्न पृथ्वीको १२ वर्ष लगाउँछ । सूर्यबाट बृहस्पतिसम्म प्रकाश पुग्नका लागि ४३ मिनेट लाग्दछ ।

.   शनि ग्रह: यो ग्रहमा पनि दिन निकै छोटो हुन्छ । यसले केवल १०.७ घण्टामा आफ्नो ध्रुवमा एक फन्को लगाउँछ । जबकि शनि ग्रहको एक वर्ष १० हजार ७५६ दिन बराबर हुन्छ । यो पृथ्वीको २९.४ वर्ष बराबर हो ।

.   अरुण ग्रह: अरुण ग्रहको एकवर्ष यति लामो हुन्छ कि सायद हामीमध्ये धेरैले यसको एक चक्र पूरा भएको नै देख्न पाउँदैनौँ । पृथ्वीको ८४ वर्षमा मात्र अरुणले सूर्यको परिक्रमा गर्दछ । यहाँको एक दिन १७.२ घण्टाको हुन्छ ।

.   वरुण ग्रह: यहाँ १६घण्टा बराबरको एक दिन हुन्छ । साथै यसले सूर्यको एकपटक परिक्रमा गर्नका लागि १६५ वर्ष लगाउँछ । अर्थात् वरुण ग्रहमा कुनैपनि मानिसले एकवर्षको उमेर पनि पूरा गर्न सक्दैन । एजेन्सीको सहयोगमा /अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: