काठमाडौं कात्तिक १९, यदि तपाईले पनि एक्स अर्थात् पूरानो ट्वीटरमा अकाउन्ट बनाएर छोड्नुभएको छ भने तपाईका लागि महत्वपूर्ण खबर छ । कम्पनीका मालिक एलन मस्कले अब ती एक्स अकाउन्टलाई बेच्दैछन् जो सक्रिय छैनन् ।
एक रिपोर्ट अनुसार सोसल मिडिया प्लाटफर्म एक्समा साडे डेढ अर्ब त्यस्ता अकाउन्ट छन् जसलाई कसैले पनि प्रयोग गर्दैन । यसका लागि एक्स कम्पनीले ह्याण्डल मार्केटप्लेस सर्भिस सुरुवात गरेको छ । आगामी महिनाभरमा यस्ता सबै निस्क्रिय अकाउन्टहरुलाई यहीँ मार्केटप्लेसमार्फत् बिक्री गरिनेछ ।
ती अकाउन्टहरु यस्ता हुन् जसबाट अहिलेसम्म कुनैपनि पोस्ट गरिएको छैन । यसका अलावा ती अकाउन्टमा लगइनको समेत कुनै क्रियाकलाप भएको छैन ।
त्यसैले मस्कले एक्समा ठाउँ ओगटेर रहेका त्यस्ता करोडौँ अकाउन्टहरु बेच्ने योजना बनाएका हुन् । ती सबै अकाउन्टहरुको मूल्य ५० हजार डलर पर्ने बताइएको छ ।
एलन मस्कले त्यस्ता निस्क्रिय एक्स अकाउन्टहरुको बारेमा गतवर्ष पनि चर्चा गरेका थिए । त्यस्ता कुनै क्रियाकलाप तथा सक्रियता नभएका अकाउन्टहरु बट्स वा ट्रोल्स समेत हुनसक्ने उनको भनाई थियो ।
स्मरण रहोस् मस्कले आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्स एआईसँगै ग्रोक एआई पनि लञ्च गरेका छन् । यो एक्स प्लाटफर्मको पहिलो एआई च्याट टूल हो । न्चयप ब्क्ष् हालका लागि एक्सका प्रिमियम प्लस प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । हाल यसको बिटा भर्सनको परीक्षण भैरहेको छ ।
एक्सका सिइओ लिन्डा याकारिनोले सन् २०२४ को सुरुवात सम्ममा कम्पनी नाफामा आउने दाबी गत महिना गरेकी थिइन् । हाल एक्स प्लाटफर्ममा २० देखि २५ करोड दैनिक सक्रिय प्रयोगकर्ता रहेको उनको भनाई छ । साथै करीब १७ सय विज्ञापनदाताहरु समेत एक्समा फिर्ता आएको उनले बताएकी छिन् । एजेन्सीको सहयोगमा /अनलाइनखबर