Loktantra Khabar National Weekly
Ad

तस्करीको चाँदी झण्डै एक सय किलो रहेको पुष्टि, १३ तोला सुन पनि बरामद

लोकतन्त्र खबर
१७ कार्तिक २०८०

विराटनगर । प्रहरीले विराटनगर–११ पिचरास्थित पशुपति ज्वलर्सबाट बरामद गरेको चाँदी ९९ किलो ९९४.५ ग्राम रहेको पुष्टि भएको छ । प्रहरीले १३ तोला सुन पनि उक्त ज्वेलर्सबाट बरामद गरेको छ ।

प्रहरीले उक्त ज्वेलर्सका सञ्चालक विश्वजीत जानालाई नियन्त्रणमा लिएको छ ।

सुनचाँदी पसलबाट बिहीबार दिउँसो तस्करीको चाँदीका गरगहना बरामद भएको हो । पक्राउ परेका सञ्चालकलाई विराटनगर भन्सार कार्यालयमा राखिएको छ ।  पक्राउ परेका जाना भारतीय नागरिक हुन् । उनले पिचरामा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए ।

विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा छापा हानेर चाँदी बरामद गरेको हो । बरामद गरिएको चाँदीको बिलबिजक छैन । बरामद गरिएको चाँदीको गरगहना पाँच वटा प्लाष्टिकको बोरामा हालेर लगिएको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: