Loktantra Khabar National Weekly
Ad

१९३ कम्पनीको सेयर मूल्य घट्दा ३८ को मात्रै बढ्यो

लोकतन्त्र खबर
१४ कार्तिक २०८०

कात्तिक १३, साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा १९३ कम्पनीको मूल्य घट्दा जम्मा ३८ कम्पनीको मात्रै बढेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४.२९ अंक घटेर १८६४.४० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि घटेको छ । सोमबार ६९ करोड ४२ लाख रुपैयाँको धितोपत्र कारोबार भएकोमा मंगलबार ५७ करोड १४ लाख रुपैयाँमा खुम्चियो ।

बजारका सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ ८, विकास बैंक ३१, फाइनान्स १३, होटल तथा पर्यटन २५, जलविद्युत् १५, जीवन बीमा १४३, उत्पादन ३१, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ५८, अन्य ३ र ब्यापार उपसमूह ८ अंक घटे ।

माहुली लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । हाथवे इन्भेस्टमेन्टको ३.४, सीवाईसी लघुवित्तको ३.४, किसान लघुवित्तको २.७ र सबैको लघुवित्तको २.७ प्रतिशत मूल्य बढ्यो ।

यस दिन पनि सोनापुर सिमेन्टको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सो कम्पनीको मूल्य प्रतिकित्ता २५५ रुपैयाँ २० पैसामा झरेको छ । मेरो लघुवित्तको ४.४, बीपीडब्लू लघुवित्तको ४.३, मेन्छियाम हाइड्रोपावरको ४.२ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सूर्याज्योति लाइफ, स्ट्यान्डर्ड चार्टर्ड, नबिल बैंक, सिद्धार्थ बैंक (संस्थापक), हिमाल दोलखा हाइड्रोपावर कम्पनी क्रमशः अगाडि रहे । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: