Loktantra Khabar National Weekly
Ad

२३ प्रतिशतले बढ्यो मेटाको आम्दानी, ३ महिनामा कमायो ३४ अर्ब डलर

लोकतन्त्र खबर
१४ कार्तिक २०८०

खर्च कटौतिका कदम तथा डिजिटल विज्ञापन व्यवसायमा भएको सुधारसँगै चालु अंग्रेजी वर्ष २०२३ को तेस्रो त्रैमासिकमा मेटा कम्पनीको आम्दानी तथा मुनाफामा सन्तोषजनक वृद्धि भएको छ ।

बुधबार सार्वजनिक रिपोर्ट अनुसार जुलाई देखि सेप्टेम्बरसम्मको तेस्रो त्रैमासिकमा मेटा कम्पनीको आम्दानीमा २३ प्रतिशत वृद्धि भई ३४ अर्ब १५ करोड डलर पुगेको छ । यसअघि बितेको त्रैमासिकमा मेटा कम्पनीको आम्दानी ३३ करोड ५६ लाख डलर हुने प्रक्षेपण गरिएको थियो ।

सन् २०२२ को तेस्रो त्रैमासिकको तुलनामा यो वर्षको त्रैमासिकमा मेटाको आम्दानी २३ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिको आम्दानी २७ अर्ब ७१ करोड डलर थियो ।

रिपोर्ट अनुसार यो वर्ष मेटा कम्पनीले आफ्नो खर्च समेत घटाएको छ । गत वर्षको तेस्रो त्रैमासिकमा मेटा कम्पनीको खर्च २२ अर्ब पाँच करोड रहेकोमा ७ प्रतिशतले घटेर २० अर्ब ३९ करोड डलरमा कायम भएको छ ।

तेस्रो त्रैमासिकमा मेटा कम्पनीको खुद मुनाफामा गत वर्षको भन्दा १६४ प्रतिशतले वृद्धि भएर ११ अर्ब ५८ करोड डलर पुगेको छ । गत वर्षको तेस्रो त्रैमासिकमा मेटाले जम्मा ४ अर्ब ३९ करोड डलर मुनाफा कमाएको थियो ।

रिपोर्ट अनुसार फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ९ करोड पुगेको छ भने मासिक सक्रिय प्रयोगकर्ताको संख्या ३ अर्ब ५ करोड छ । दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा यो वर्ष ५ प्रतिशतले वृद्धि हुँदा मासिक सक्रिय प्रयोगकर्ता गतवर्ष भन्दा ३ प्रतिशतले बढेका छन् । यो गत वर्षको तुलनामा ७ प्रतिशत धेरै हो ।

वर्षको अन्तिम त्रैमासिकमा कम्पनीको कुल आम्दानी साढे ३६ अर्ब देखि ४० अर्ब डलर सम्म पुग्ने प्रक्षेपण मेटाले गरेको छ ।

स्मरण रहोस् मेटा कम्पनीले खर्च कटाउने भन्दै पछिल्लो १ वर्षमा २१ हजार कर्मचारी कटौती गरेको छ भने मेटाभर्स परियोजनामा अर्बौं डलर लगानी गरेको छ ।

गत फेब्रअरीमा यो वर्ष मेटाका लागि कार्यदक्षताको वर्ष हुने प्रतिबद्धता जनाएका सिइओ मार्क जुकरबर्गले मेटा कम्पनीको पछिल्लो वित्तीय प्रगतिप्रति खुसी व्यक्त गरेका छन् । यसले निकै अस्थीर विश्व बजारमा कम्पनीका दीर्घकालीन अभियानलाई अगाडि बढाउनका लागि स्थायित्व प्रदान गरेको उनको भनाइ छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: