Loktantra Khabar National Weekly
Ad

अनलाइन सट्टेबाजी प्रकरणमा बादशाहसँग सोधपुछ

लोकतन्त्र खबर
१४ कार्तिक २०८०

महाराष्ट्र पुलिसको साइबर ब्यूरोले सोमबार अनलाइन सट्टेबाजी एप फेयरप्लेको प्रकरणमा र्‍यापर बादशाहसँग सोधपुछ गरेको छ।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार भायकम १८ नेटवर्कले सट्टेबाजी एपमा इन्डियन प्रिमियर लिग (आइपिएल) म्याच हेर्न बढावा दिएको आरोपमा बादशाहसहित ४० जना कलाकारविरूद्ध उजुरी दर्ता गरेको थियो।

महाराष्ट पुलिसले बादशाहसँग ४ घन्टा सोधपुछ गरेको थियो।

भायकम १८ ले आइपिएलको आधिकारिक अधिकार किनेको छ। तर फेयरप्लेमा अवैध रूपमा खेलहरू स्ट्रिम गरिएको थियो। त्यस्तै केही कलाकारहरूले यसलाई प्रचार समेत गरे।

यस मामिलामा सञ्जय दत्त, रणवीर कपूर, हुमा कुरेशी, कपिल शर्मा र श्रद्धा कपूर जस्ता कलाकारको नाम सामेल छ। केही समयअघि प्रवर्तन निर्देशनालय (इडी) ले अभिनेता रणवीर कपूरसँग सोधपुछ गरेको थियो।

फेयरप्ले एप महादेव एपसँग जोडिएको छ। यस एपका सञ्चालक रवि उप्पल र सौरभ चन्दाकर हुन्। हाल इडीले मनी लान्ड्रिङ प्रकरणमा महादेव अनलाइन बेटिङ एपको छानबिन गरिरहेको छ।

यस केसको मुख्य आरोपी सौरभ चन्द्राकरको विवाहमा रणवीर कपूर, सुनिल शेट्टी, सञ्जय दत्त र टाइगर श्राफ सहभागी थिए। दुबईमा भएको विवाहमा सौरभले २०० करोड भारू खर्च गरेका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: