Loktantra Khabar National Weekly
Ad

आइफोनको यो एउटा फिचरका लागि गुगलले १८ अर्ब डलर तिरेको खुलासा

लोकतन्त्र खबर
१२ कार्तिक २०८०

दिग्गज प्रविधि कम्पनी गुगल पछिल्लो समयमा एकाधिकार तथा बौद्धिक सम्पत्ति अधिकारको उल्लंघनलगायतका विषयहरुका कारण कठघरामा रहँदै आएको छ ।

अमेरिकी अदालतमा गुगलविरुद्ध सुनुवाइ चलिरहेको छ । गुगलले गैरकानुनी रुपमा आफ्नो एकाधिकारको सिर्जना गरेको दाबी अमेरिकी न्याय मन्त्रालयको छ । यसका लागि कम्पनीले अन्य स्मार्टफोन ब्राण्डका साथै ब्राउजरमा गुगललाई डिफल्ट सर्च इन्जिन बनाउनका लागि पैसा दिएको छ ।

यो मामिलामा चलिरहेको सुनुवाइका बीच एक रिपोर्ट सार्वजनिक भएको छ । जसमा गुगलले एप्पललाई समेत रकम तिरेको खुलासा भएको छ । गुगलले एप्पलका डिभाइसहरुमा गुगललाई डिफल्ट सर्च इन्जिन बनाउनका लागि अर्बौं डलर दिएको दाबी गरिएको छ ।

गुगलले यसका लागि एप्पललाई १० देखि २० अर्ब डलर भुक्तानी गरेको आँकलन सुनुवाइका क्रममा गरिएको थियो । गुगलबाट अर्बौं डलर रकम लिएपछि एप्पलले आफ्नो सफारी ब्राउजरमा गुगललाई नै डिफल्ट सर्च इन्जिन बनाएको छ ।

न्युयोर्क टाइम्सका अनुसार गुगललाई डिफल्ट सर्च इन्जिन बनाउनका लागि एप्पलले सन् २०२१ मा गुगलबाट १८ अर्ब डलर रकम लिएको थियो ।

रिपोर्ट अनुसार गुगललार्य एप्पलको सर्च टेक्नोलोजी उत्कृष्ट बन्ने चिन्ता थियो । एप्पलको आइफोन सर्च टूल, स्पट लाइट जस्ता फिचर्सले प्रयोगकर्तालाई गुगल सर्चमै जस्तो गरी उत्कृष्ट ढंगले वेब नतिजा देखाउन थालेका थिए । त्यसपछि गुगलले आइफोनका लागि आफ्नो बेग्लै संस्करण सिर्जना गर्यो।

साथै एप्पलले आइफोन प्रयोगकर्तालाई सफारीको साटो गुगल क्रोम ब्राउजर प्रयोग गर्नका लागि पनि मनाउने कोसिस गर्‍यो ।

सोही विषयमा माइक्रोसफ्टका सीईओ सत्य नाडेलाले समेत गुगललाई एप्पलको उत्कृष्ट बन्दै गएको सर्च रिजल्टको चिन्ताले सताइरहेको र एप्पललाई समेत गुगलले आफ्ना जिमेल जस्ता लोकप्रिय सर्भिसहरु प्रयोगकर्तालाई क्रोमतर्फ आकर्षित गर्नका लागि प्रयोग गर्नसक्ने डर रहेकाले अर्बौंको सम्झौता भएको दाबी गरेका समाचारमा उल्लेख छ ।

उनका अनुसार माइक्रोसफ्ट पनि एप्पलका डिभाइसहरुमा डिफल्ट ब्राउजर बन्न चाहेको तर त्यसबेला समस्या पैसाको थियो ।

उता गुगलले भने डिफल्ट ब्राउजर तथा सर्च इन्जिनको एकाधिकारका विषयमा प्रष्टीकरण दिंदै अहिले पनि प्रयोगकर्तासँग डिफल्ट ब्राउजर परिवर्तन गर्ने विकल्प रहको बताउने गरेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: