Loktantra Khabar National Weekly
Ad

‘पशुपति प्रसाद २: भष्मे डन’ को मार्मिक गीत ‘मेरो शिव’ सार्वजनिक

लोकतन्त्र खबर
३ कार्तिक २०८०

फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ को तेस्रो गीत सार्वजनिक गरिएको छ।

बिहीबार ओेएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘मेरो शिव’ बोलको मार्मिक गीत सार्वजनिक गरिएको हो। शान्तिम कोइराला र युनिक पोइटको स्वर रहेको गीतमा फिल्मका मुख्य कलाकारलाई भावुक मुद्रामा देख्न सकिन्छ।

कृष्ण उदासीको शब्द रहेको गीतमा किरण भुषालले संगीत भरेका छन्। दीपेन्द्र के खनाल निर्देशित फिल्मले पशुपति प्रसादको मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरू भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथा भन्छ।

फिल्ममा विपीन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, विभु पौडेल, प्रकाश दाहाल, सजन थापा मगरलगायत कलाकारको अभिनय छ। फिल्म अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन्।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन्। फिल्मको निर्माता पनि उनी स्वयं हुन्।

कृष्ण थापाले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।

यो फिल्म कात्तिक ४ गतेदेखि प्रदर्शन हुँदैछ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: