Loktantra Khabar National Weekly
Ad

एसियन लाइफको प्रवेशसँगै यति एयरलाइन्समा सापकोटा भए सिइओ

लोकतन्त्र खबर
१ कार्तिक २०८०

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले यति एयरलाइन्समा ४९ प्रतिशत सेयर स्वामित्व लिएको छ।

यति एयरलाइन्समा नयाँ साझेदार भित्रिएसँगै कम्पनीमा सोमबारबाट नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन्।

यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुवास सापकोटा नियुक्त भएका छन्।

सापकोटा यसअघि इ–सेवामा सिइओ थिए। यति एयसलाइन्सले एक वर्ष भित्रै आवश्यक प्रक्रिया पुर्‍याएर सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ।

यति एयरलाइन्सले आइपिओमा जाने गरी नयाँ साझेदार भित्र्याएको हो। अब आवश्यक प्रक्रिया पूरा गरेर एक वर्षभित्रै यति एयरलाइन्सले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ।

आन्तरिक वायुसेवा दिइरहेको कम्पनी २५ वर्षपछि पब्लिक कम्पनीमा रुपान्तरण भएको हो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: