Loktantra Khabar National Weekly
Ad

अवैध काठ बोकेको ट्याक्टरसहित चालक प्रहरीको फन्दामा

लोकतन्त्र खबर
१ कार्तिक २०८०

रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले अवैध काठ बोकेको ट्याक्टरसहित चालकलाई पक्राउ गरेको छ। स्थानीय वृन्दावन नगरपालिका ६ हर्षाहा चौक स्थित इलाका प्रहरी कार्यालय गरुडाबाट गएको टोलीले मंगलबार साँझ काठ लोड रहेको ना ७ त ४३६८ नम्बरको ट्रयाक्टरसहित चालकलाई नियन्त्रणमा लिएको हो।

बरामद सालको १६ थान गोलिया काठसहित ट्याक्टर र चालक  चन्द्रपुर नगरपालिका ३ गैंडाटारका वर्ष २५ को सतावन धामीलाई  आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रपुरमा बुझाइएको डिएसपी ओम प्रकाश खनालले जानकारी दिए ।

बरामद ट्याक्टर सहितको काठको कुल २१ लाख नौ हजार तीन सय छत्तिस रुपैयाँ मूल्याङ्कन गरी बन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: