Loktantra Khabar National Weekly
Ad

कोशीमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने एमालेको निर्णय

लोकतन्त्र खबर
१ कार्तिक २०८०

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।  बुधवार बिहान विराटनगरमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए ।

‘दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ’, भण्डारीले रातोपाटीसँग भने, ‘प्रदेशसभा बैठकमा कोशी प्रदेश हाम्रो पार्टीका दलका नेतासमेत रहेका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले पार्टीको धारणा राख्नुहुन्छ ।’ ११ बजे सुरु हुने भनेको प्रदेशसभा बैठक दलहरूका आन्तरिक बैठक र छलफलका कारण ढिलामात्र सुरु हुने बताइएको छ ।

गत शनिवार एमाले सांसदको बहुमत जुटाएर कांग्रेसको शेखर कोइराला समूहका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आज बुधवार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । फरक गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई कांग्रेस माओवादीले पनि मत दिने बताएका छन् भने राप्रपाले नदिने जनाएकाे छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: