Loktantra Khabar National Weekly
Ad

‘महाजात्रा’ मा जोडिए दिव्यदेव, गौमाया र शिशिर

लोकतन्त्र खबर
१ कार्तिक २०८०

‘जात्रा’ र ‘जात्रै जात्रा’ को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको फिल्म ‘महाजात्रा’ मा दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर वाङदेल अनुबन्धित भएका छन्।

यसअघि फिल्ममा हरिवंश आचार्य अनुबन्धित भइसकेका छन्। फिल्मका कलाकार आफ्नो लुक्स टेस्ट गरिसकेका छन्। फिल्मका अभिनेता तथा कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँका अनुसार दिव्यदेव, गौमाया र शिशिरको आगमनले टिमको लाइनअप अझै बलियो बनेको छ।

कात्तिक १३ गतेबाट छायांकन गर्ने तयारीमा रहेको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ। फिल्मलाई म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्दैछन्। यो फिल्मका अघिल्ला भागले घरेलु फिल्ममा कसरी कमेडी पनि यथार्थपरक र परिस्थितिजन्य हुन्छ भन्ने पुष्टि गरेको थियो।

फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, राजाराम पौडेल, अरविन्द खड्कालगायतका कलाकारको पनि अभिनय रहनेछ।

फिल्म छायांकन नहुँदै फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: