Loktantra Khabar National Weekly
Ad

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम १ अर्ब माथि

लोकतन्त्र खबर
३० आश्विन २०८०

काठमाडौं असोज ३० , साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । १३.१८ अंकले बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकिएको छ । यो ०.७१ प्रतिशतको वृद्धि हो ।

मंगलबार व्यापार, निर्जीवन बीमा, होटल तथा पर्यटन उपसूचकको मूल्य घट्दा अन्य सबै उपसूचकको मूल्य बढेको छ । यसमध्ये सबैभन्दा धेरै फाइनान्स उपसूचकको १.३० प्रतिशतले सेयर मूल्य बढेको छ ।

मंगलबार कुल २८९ धितोपत्रको ४५ हजार ४५६ कारोबारबाट ३८ लाख १३ हजार २३३ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ८४ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार एनआईबीएल प्रगति फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ७.३५ प्रतिशतले कमाए । साथै स्वेतगंगा हाइड्रोपावर, सिद्धार्थ इक्विटी फण्ड, मेगा म्युचुअल फण्ड, मिथिला लघुवित्त वित्तीय संस्थासहितका धितोपत्रको सेयर मूल्य समेत धेरैले बढेको छ ।

मंगलबार हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै ८.५३ प्रतिशतले गुमाए । यसको मूल्य प्रतिकित्ता २६.५० रुपैयाँले घटेर २८४ रुपैयाँमा झरेको छ ।

सुपरमाइ हाइड्रो, हिमालयन लघुवित्त वित्तीय संस्था, प्रभु बैंक डिभेञ्चर, सानिमा ग्रोथ फण्डका लगानीकर्ताले समेत धेरै गुमाएका छन् ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: