Loktantra Khabar National Weekly
Ad

राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रको १८ औं वार्षिक साधारणसभा सम्पन्न

लोकतन्त्र खबर
३० आश्विन २०८०

लोकतन्त्र समाचारदाता
सर्लाही,असोज ३०

राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र(RRPK) को १८ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित कुसुम पार्टी प्यालेसमा आयोजित साधारणसभामा गत आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ।

केन्द्रकी कोषाध्यक्ष पिंकी साहले दातृ संस्थाहरु सेभ द चिल्ड्रेन ,वर्ल्ड भिजन इन्टरनेसनल नेपाल , वर्ल्ड एजुकेसन ,ह्यान्डिक्याप इन्टरनेसनल ,सेसी सम्बन्धित स्थानीय तहको सहयोगमा संचालन भएका विभिन्न परियोजनाहरुको बारेमा जानकारी गराउनुका साथै संस्थाको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन।

केन्द्रकी अधयक्ष गायत्री देवी महतोको अध्यक्षता तथा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,बलरा नगरपालिका प्रमुख रामा शंकर प्रसाद कुशवाहा,ब्रम्हपुरी गाउँपालिका प्रमुख राम पदारथ साह,पर्सा गापा प्रमुख धिरेन्द्र यादव”विस्पत” तथा सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट कार्य गरे बापत संस्थाले आफ्ना २२ जना कर्मवापतहरुलाई सम्मान गरेका थिए।

सोही अवसरमा जिसस प्रमुख सिंह ,सहायक प्रजिअ घिमिरे र ५ वटा पालिकाहरुलाई पनि सम्मानित गरिएको थियो।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख /प्रतिनिधि,RRPK का कर्मचारी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: