Loktantra Khabar National Weekly
Ad

सुदूरपश्चिम एमाले अधिवेशन : तिमिल्सिनाले लिए अध्यक्षको उम्मेदवारी फिर्ता

लोकतन्त्र खबर
२४ आश्विन २०८०

कैलाली । एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका कमल तिमिल्सिनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्न आफूले मार्ग प्रशस्त गरेको तिमिल्सिनाले रातोपाटीलाई बताए ।

उनले भने- ‘सहमतिबाट हामी अधिवेशन सम्पन्न गर्दैछौ । पार्टीको बृहत हितका लागि उम्मेदवारी फिर्ता गरेर त्याग गरेँ ।’ तिमिल्सिनाले कृष्णप्रसाद जैसीका नाममा सहमति जुटाउने प्रयासस्वरुप अध्यक्षका अन्य उम्मेदवारहरूसँग पनि छलफल चलिरहेको जानकारी दिए ।

तिमिल्सिना अध्यक्षबाट उम्मेदवारी फिर्ता लिए पनि भरत साउद र बच्चन सिंहले भने उम्मेदवारी फिर्ता लिइसकेका छैनन् ।

अध्यक्ष मण्डलले सहमतिमा नेतृत्व चयन गर्ने भन्दै प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि पदाधिकारीमा अध्यक्षमा कृष्णप्रसाद जैसी (अछाम) ,उपाध्यक्षमा कालीबहादुर शाही (बाजुरा), सचिवमा रणबहादुर चन्द (कैलाली) तथा उपसचिवमा नेपाल चौधरी (कैलाली) र  कलसा महरा ( कञ्चनपुर) लाई सहमतिका लागि प्रारम्भिक खाका प्रस्ताव गरेको थियो । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: