Loktantra Khabar National Weekly
Ad

११ लाख ७३ हजार रुपैयाँ बराबरको अवैध सामानसहित मोटरसाइकल नियन्त्रणमा

लोकतन्त्र खबर
२४ आश्विन २०८०

बाँके । बाँकेको जानकी गाउँपालिका २ बन्जाडेगाउँबाट सशस्त्र प्रहरीले करिब ११ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामानसहित तीन वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा, पर्दा, खाद्यान्य तथा किराना सामान नं. ३० बागेश्वरी गण बाँकेले नियन्त्रणमा लिएको हो ।

सामान ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै मोटरसाईकल र सामान छाडी फरार भएका थिए । बरामद सामान तथा मोटरसाईकल नेपालगंज भन्सार कार्यालय कार्यालय जमुनाह बाँकेमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: