Loktantra Khabar National Weekly
Ad

सागर आले र अस्मिता अधिकारीको दशैं गीत ‘लाहुरे म त सोल्टिनी’

लोकतन्त्र खबर
२३ आश्विन २०८०

सागर आले र अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।

सोमबार नरेश एमसीको युट्युब च्यानलमार्फत ‘लाहुरे म त सोल्टिनी’ बोलको दशैं गीत सार्वजनिक गरिएको हो। गीतमा नेपाली सुरक्षाकर्मीको दशैंलाई प्रस्तुत गरिएको छ।

नरेश एमसीको शब्द रहेको गीतमा ऋषि खड्काले संगीत भरेका छन् भने केशव बाबुले संगीत संयोजन गरेका छन्।

स्मृति तिमल्सिना (गुरुआमा) ले निर्देशन गरेको गीतको भिडिओमा नरेश एमसी, अञ्जली अधिकारी, वर्षा ठकुरी र विष्णुराम भण्डारी फिचर्ड छन्।

अजय रेग्मीले छायांकन गरेको म्युजिक भिडिओलाई नविन घर्तीमगरले सम्पादन गरेका हुन्। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: