Loktantra Khabar National Weekly
Ad

बुढानीलकण्ठबाट खैरो हेरोइनसहित युवक पक्राउ

लोकतन्त्र खबर
२३ आश्विन २०८०

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित बुढानीलकण्ठ मन्दिर नजिकैबाट प्रहरीले खैरो हेरोइन सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भएका २० वर्षीय सन्दीप भन्ने समीर राई छन् ।

आरोपीको साथबाट ८ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । समीर बुढानीलकण्ठ नगरपालिका–५ स्थित विष्णुमतीमा बस्छन् ।

घटनाबारे प्रहरी प्रभाग बुढानीलकण्ठले अनुसन्धान गरिरहेको छ । समीरको बयानको आधारमा लागूऔषध ओसारपसारमा संलग्न दुईजनालाई प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लिएको छ । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: