Loktantra Khabar National Weekly
Ad

दोस्रो दिन पनि घट्यो सेयर बजार, कारोबार रकम झनै खुम्चियो

लोकतन्त्र खबर
२२ आश्विन २०८०

काठमाडौं असोज २२ , लगातार दोस्रो दिन सेयर बजार ओरालो लागेको छ । सोमबार १२.५८ अंकले घटेको बजार १९०८.६६ विन्दुमा ओर्लिएको छ । यो ०.६५ प्रतिशतको गिरावट हो ।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको धितो कर्जामा १२ करोड रुपैयाँको सीमा बढाएर १५ करोड रुपैयाँ बनाए पनि लगानीकर्ता यस नियमबाट उत्साहित देखिएनन् ।

आइतबार ३५.६७ अंकले घटेको बजार दोस्रो दिन पनि ओरालो लागेको हो । सोमबार कुल २८७ धितोपत्रको ४८ हजार ४४४ कारोबारबाट ४३ लाख २७ हजार १७९ कित्ता सेयर कारोबार भएको छ । आज १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँको मात्र कारोबार भएको छ । आइतबार १ अर्ब ८० करोडको कारोबार भएको थियो ।

सोमबार उत्पादन र प्रशोधन उपसूचक र व्यापार उपसूचकमा मात्र वृद्धि देखियो । अरु सबै उपसूचक भने नेगेटिभ देखिए । सबैभन्दा धेरै निर्जीवन बीमा उपसूचकको १ प्रतिशतले गिरावट आएको छ ।

सोमबार सयपत्री हाइड्रोपावरको सबैभन्दा धेरै (६.८८ प्रतिशत)ले सेयरमूल्य बढेको छ । थ्रीस्टार हाइड्रोपावर, हिमालयन पावर पार्टनर, इमर्जिङ नेपाल लिमिटेडसहितका धितोपत्रको समेत धेरैले सेयर मूल्य बढेको छ ।

बाराही हाइड्रोपावर र हिमालयन लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाए । यी दुवै धितोपत्रको नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

प्रोगेसिभ फाइनान्स, सानिमा जीआईसी, पिपुल्स पावरसहितका धितोपत्रको समेत धेरैले सेयरमूल्य गिरावट आएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: