Loktantra Khabar National Weekly
Ad

रौतहटमा तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना

लोकतन्त्र खबर
२२ आश्विन २०८०

रौतहट। दसैँ तिहारमा यात्रुहरूको सहयोगका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले  ३ स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।  दसैँ तिहारसँगै छठ पर्वको अवसरमा हुने भिडभाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले जिल्ला सदरमुकाम गौरसहित तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो।

जिल्ला सदरमुकाम गौर, मुख्य व्यापारिक केन्द्र गरुडा र महेन्द्र राजमार्गसँग जोडिएको चन्द्रनिगाहपुर बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख इन्स्पेक्टर सुशील आचार्य बताएका छन्।

सवारी साधनले बढी भाडा लिने, गाडीमा क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुमाथि हुने अभद्र व्यवहारजस्ता गतिविधि नियन्त्रण गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको इन्स्पेक्टर आचार्यले जानकारी दिए ।

उनले यात्रुहरूको कुनै गुनासो भएमा जिल्ला ट्राफिक प्रहरीको मोबाइल नम्बर ९८५५०९०१२३ वा १०३ मा सम्पर्क गर्न ट्राफिक प्रहरी रौतहटले आग्रह गरेको छ। रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: