Loktantra Khabar National Weekly
Ad

सुन चाँदीको भाउ बढ्यो

लोकतन्त्र खबर
२१ आश्विन २०८०

सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको भाउ तोलामा आज एक लाख सात हजार ६ सय रुपैयाँ छ । अस्ति तोलाको एक लाख सात हजार तीन सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ आज तोलामा एक हजार तीन सय ३० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: