Loktantra Khabar National Weekly
Ad

यस्तो छ कंगना रनावतको फिल्म ‘तेजस’ को ट्रेलर

लोकतन्त्र खबर
२१ आश्विन २०८०

बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘तेजस’ को ट्रेलर सार्वजनिक भएको छ।

आइतबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा कंगनालाई एयरफोर्स पाइलटको भूमिकामा देख्न सकिन्छ।

रोनी स्क्रुवालाको प्रोडक्सनको फिल्मलाई सर्भेश मेवाराले निर्देशन गरेका हुन्। फिल्ममा कंगनासँगै अंसुल चौहन, वरुण मित्रा, आशिश विद्यार्थीलगायत कलाकारको अभिनय छ।

हरि के भेदन्तमले छायांकन गरेको फिल्मलाई आरिफ शैखले सम्पादन गरेका छन्। यो फिल्म २७ अक्टोबरदेखि प्रदर्शन हुनेछ।

यतिबेला कंगना अभिनीत फिल्म ‘चन्द्रमुखी २’ प्रदर्शन भइरहेको छ। योबाहेक उनी फिल्म ‘इमरजेन्सी’ प्रदर्शनको पखाईमा छिन्। यस फिल्ममा उनले इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: