Loktantra Khabar National Weekly
Ad

इटहरीमा जुवा खेलिरहेका ३ जना पक्राउ

लोकतन्त्र खबर
१९ आश्विन २०८०

काठमाडौँ । सुनसरीको इटहरीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।  इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजाबाट जुवाडेहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पर्नेमा इटहरी–५ घर भएका ४० वर्षीय दीपेन्द्र कार्की सहित ३ जना छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ४९ हजार ५ सय रुपैयाँ नगद र दुई बुक तास बरामद गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेको छ । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: