Loktantra Khabar National Weekly
Ad

न्युजिल्यान्डमा प्रमोद र मेलिनाले नचाउने, सुमनले हँसाउने

लोकतन्त्र खबर
१८ आश्विन २०८०

हिन्दुहरूको महान चाड दशैं नजिकिएसँगै न्युजिल्यान्डमा ‘दशैं धमाका’ कार्यक्रम हुने भएको छ।

निकै कम मात्रामा नेपाली कार्यक्रम हुने देश मध्ये एक हो न्युजिल्यान्ड। न्युजिल्यान्डमा गायक प्रमोद खरेल, मेलिना राई र हाँस्य कलाकार सुमन कार्कीले दर्शकहरूलाई मनोरञ्जन दिनेछन्।

काठमान्डौंमा एक कार्यक्रमको आयोजना गर्दै न्युजिल्यान्डमा हुने कार्यक्रमबारे जानकारी दिइएको हो। ‘लाखे इभेन्ट’ को आयोजनामा रहेको कार्यक्रम ‘दशैं धमाका’ लाई इन्फोमेटिक कन्सल्टेन्सीले साथ दिएको छ।

न्युजिल्यान्डमा पहिलो पटक आफू जान लागेको बताउँदै गायक प्रमोद खरेलले यो दशैंमा धमाका गर्न तयार रहन न्युजिल्यान्डको दर्शकलाई आग्रह गरेका छन्। एडमन्ड हिलारीको देशको रूपमा चिनिएको देश न्युजिल्यान्डमा जान आफू उत्साहित रहेको प्रमोदले बताए।

हाँस्यकलाकार सुमन कार्कीले आफ्नो जीवनमा पहिलोपटक दशैं दर्शकहरूसँग हुने भएको हुदाँ उत्साहित भएको बताए। घर परिवारसँग यसपाली दशैं मनाउन नपाउने भएपनि दर्शकसँग मायाले उर्जा दिनेमा विश्वास रहेको बताए।

इन्फोमेटिक कन्सल्टेन्सीका प्रमुख ज्ञानेन्द्रमान जोशीले न्युजिल्यान्डमा नेपाली कार्यक्रम निकै कम हुने भएपनि लाखे इभेन्टले नियमित कार्यक्रम गर्ने हुदाँ यस वर्षको दशैं विशेष कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे। न्युजिल्यान्डका विभिन्न ४ वटा सहरमा कार्यक्रम हुने जोशीले जानकारी दिए।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: