Loktantra Khabar National Weekly
Ad

ठूलो दुर्घटना हुनबाट जोगियो रेल

लोकतन्त्र खबर
१७ आश्विन २०८०

नेपालको एक मात्र रेल मंगबार ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

रेल पास हुनेबेला बाटो काट्ने दुबैतर्फको ढाट बन्दभए पछि पनि जनकपुरधाम–१ मिल्स एरिया स्थित रेल्वे ट्रयाकमा एउटा मोटरसाइकल क्रस गर्न खोज्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएका छन् । बाटो बन्द भइसके पश्चात पनि जबर्जस्ती बाटो काट्न थालेपछि प्र.–२–०२–००३ प ००९० नम्बरको मोटरसाइकल रेलसंग ठोक्किएको थियो ।

त्यस क्रममा जनकपुरधाम–१९ बेंगाको पिपराका राम सजिवन यादवका छोरा राकेश यादव घाइते भएका छन् । उनको दाहिने खुट्टा र छातीमा भित्री चोट लागेको छ भने उनको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

मोटरसाइकल माथि रेल चढेपछि ठूलै दुर्घटना हुन सक्ने अवस्था सिर्जना भए पनि, चालकको कुशलताका कारणले रेल जोगिएको बताइएको छ । रेल्वे आउने समयमा बाटो बन्द गर्दा पनि बाटो काट्नेहरुको लापरबाहीले गर्दा यस्ता समस्या रेल्वेले खेप्न परिरहेको नेपाल रेल्वेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: