Loktantra Khabar National Weekly
Ad

विजया दशमी भव्य एवम व्यवस्थित गर्न सर्वपक्षीय सहमति

लोकतन्त्र खबर
१६ आश्विन २०८०

विजयादशमीलाई व्यवस्थित गर्न सर्वपक्षीय सहमति भएको छ ।

सोमबार जनकपुरधाममा श्री महाविर र श्री राम युवा कमिटिको आयोजनामा माँ राजदेवी, माँ बौद्धी तथा माँ अन्नपुर्णा अमरखाना मन्दिरमा हुने पुजा व्यवस्थापन तथा बोकाबलीको व्यवस्थापनका लागि भएको सर्वपक्षीय बैठकमा भव्यतापूर्वक विजयादशमीका सम्पूर्ण अनुष्ठान गर्ने सहमति भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग बाणिज्य संघ, युवा क्लवका अध्यक्षसहितको बैठकले मेला व्यवस्थापनको मुख्य मांग शुद्व खानेपानीको सुविधा, विद्युत आपूर्ति र जनस्वास्थ्य तथा शान्ति सुरक्षाको सवालमा सबै क्षेत्रबाट सम्बन्धित निकायका प्रमुखहरुले आ आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।

बोकाबलीका लागि आउने भक्तजनहरुका लागि राति र बिहान पर्याप्त खानेपानीको व्येवस्था, मन्दिर छेउछाउका क्षेत्र लोडसेडिङ्ग मुक्त गरिने र अष्टमीका दिन विशेष मेडिकल क्याम्पको आयोजना गर्ने जिम्मेवारी समेत सम्बन्धित निकायलाई बैठकले तोकेको छ ।

बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले मन्दिर व्यवस्थापनमा खटिने स्वयमसेवकहरुलाई केही दिन अघि विशेष तालिम प्रदान गर्न आफू सहयोग गर्ने बताए । उनले मन्दिर दर्शन गर्न आउने श्रद्धालु तथा पर्यटकहरुसंग शिष्ट व्यवहारसंगै सहज दर्शन गर्ने वातावरण बनाउन सम्पूर्णलाई आग्रह गरे ।

बैठकमा श्री राम युवा किमिटिका पूर्व अध्यक्ष तथा संस्थापक प्रमोद चौधरीले २०४७ साल पछि जनकपुरधामको विजयादशमी यहाँका युवाहरुको अगुवाइमा हुन थालेपछि भव्य हुँदै गएको जानकारी गराए ।

दुवै युवा किमिटिका अध्यक्षद्वय अजय गुप्ता र परमेश्वर साहले बैठकले गरेको सहमतिलााई कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्: