Loktantra Khabar National Weekly
Ad

सविन कार्कीले ल्याए ‘अँगालोमा अर्कैको’ गीत

लोकतन्त्र खबर
१५ आश्विन २०८०

सविन कार्की ‘बीस्ट’ ले नयाँ गीत सार्वजनिक गरेका छन्।

उनले आफ्नै युट्युब च्यानल बीस्ट प्रोडक्सनमार्फत ‘अँगालोमा अर्कैको’ बोलको गीत सार्वजनिक गरेका हुन्। सार्वजनिक गीतमा सविनको स्वर, शब्द र संगीत रहेको छ। संगीत संयोजन टुन्नाबेल थापाको छ।

अल्फा पिक्चर्स नेपालले छायांकन गरेको गीतको भिडिओमा सञ्जय कार्की, समृद्धि श्रेष्ठ, टोनी डट, सना तुलाधरलाई देख्न सकिन्छ।

यो गीतको भिडिओमा सविनको निर्देशन, सम्पादन, स्टोरी कन्सेप्ट रहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: