Loktantra Khabar National Weekly
Ad

‘इन्डियाज् बेस्ट डान्सर ३’ को उपाधि नेपालका समर्पण लामालाई

लोकतन्त्र खबर
१४ आश्विन २०८०

नेपालका समर्पण लामा भारतको डान्स रियालिटी शो ‘इन्डियाज् बेस्ट डान्सर सिजन ३’ को विजेता बनेका छन्।

शनिबार भएको फाइनलमा उनले ट्रफीसहित १५ लाख भारू र उनका कोरियोग्राफर भावना खन्डुजाले ५ लाख भारू पुरस्कार जिते।

समर्पणले सिवांशु सोनी, विपुल काँडपाल, अंकित चौहान, अञ्जली मामगाईलाई पछि पार्दै उपाधि जितेका हुन्।

उपाधि जितेपछि समर्पण भने, ‘यो मेरो लागि सपना जस्तै हो। म सधैं रियालिटी शो हेर्थे र कुनै दिन म पनि शोमा सहभागी हुन्छु भनेर सोच्थे। तर कहिल्यै डान्स रियालिटी शो जित्छु भनेर सोचेको थिइनँ।’

जय भानुशालीले होस्ट गरेको शोको निर्णायकमा गीता कपूर, टेरेन्स लुईस र सोनाली बेन्द्रे थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: