Loktantra Khabar National Weekly
Ad

‘द भ्वाइस अफ नेपाल ५’ को प्रसारण आजबाट सुरू

लोकतन्त्र खबर
१२ आश्विन २०८०

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ को प्रसारण आजबाट सुरू हुने भएको छ।

बुधबार काठमाडौंमा शोको प्रिमियर राखिएको थियो। उक्त प्रिमियरमा शोको पहिलो एपिसोड प्रदर्शन गरिएको थियो। शोमा १२० जनाले ब्लाइन्ड अडिसनमा प्रतिस्पर्धा गर्दैछन्।

यस सिजनमा कोच परिवर्तन गरिएको छ। अघिल्ला ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार देखिने भएका छन्।

अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेश पायल राई यो वर्ष पनि यथावत् नै रहनेछन्।

‘द भ्वाइस अफ नेपाल’ सिजन ५ हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार ८ बजेदेखि प्रसारण हुनेछ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: