Loktantra Khabar National Weekly
Ad

मधेशका मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक पक्राउ

लोकतन्त्र खबर
११ आश्विन २०८०

जनकपुरधाम  असोज ११ , मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई कालोमोसो दल्ने चेतावनी दिने एक जना चिकित्सक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-४ का अरुणकुमार झा रहेका छन् । उनी आयुर्वेद चिकित्सक हुन् ।

मौखिक उजुरीको आधारमा उनलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए ।

उनले लेखेको स्टाटस मुख्यमन्त्रीलाई कालो मोसो दल्ने मात्र नभइ सामाजिक सद्भाव भड्काउन प्रेरित गर्ने शब्द प्रयोग भएका थिए । अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्: