Loktantra Khabar National Weekly
Ad

यस्तो छ रणवीर कपूरको फिल्म ‘एनिमल’ को टिजर

लोकतन्त्र खबर
११ आश्विन २०८०

बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ को टिजर सार्वजनिक भएको छ।

बिहीबार रणवीर कपूरको जन्मदिनको अवसर पारेर  फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा रणवीर कपूरको एक्सन दृश्य समेटिएको छ।

सन्दीप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा रश्मिका रणवीरकी श्रीमतीको भूमिकामा देखिनेछिन् भने अनिल कपूर उनको बुवाको भूमिकामा देखिनेछन्। फिल्मको कथा निर्देशक सन्दीपले नै लेखेका हुन्।

फिल्ममा भुषण कुमार, प्रणय रेड्डी वांगा, मुरद खेतानी र कृष्ण कुमारको लगानी रहेको छ।

यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा १ डिसेम्बरदेखि प्रदर्शन हुनेछ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: