Loktantra Khabar National Weekly
Ad

आज मधेस प्रदेशमा सार्वजनिक बिदा

लोकतन्त्र खबर
११ आश्विन २०८०

मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा आज सार्वजनिक बिदा दिएकाे छ ।

प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेललले हिजाे एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा आज सार्वजनिक बिदा दिएकाे जानकारी दिनुभएकाे हाे ।

०७९ चैत ९ गते बसेको मधेस प्रदेश मन्त्रिपरिषद्को बैठकले पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्: