Loktantra Khabar National Weekly
Ad

सिरहामा भारतीय मोटरसाइकलसहित १८ थान बेवारिसे मोबाइल बरामद, तस्कर फरार

लोकतन्त्र खबर
१० आश्विन २०८०

सिरहा ।  सिरहा सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको अवस्थामा सिरहाको गोलबजारबाट करिव दुई लाख ३४ हजार मूल्य बरावरको मोबाइल बरामद गरेको छ ।

प्रहरीले सिरहाको व्यस्त बजार गोलबजार नगरपालिका ६ बाट दुई लाख ३४ हजार तीन सय ८० रुपैयाँ मूल्य बरावरको १८ वटा मोबाइल सेट र नम्बर नभएको एक थान भारतीय मोटरसाइकल बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले मोटरसाइकल सहित मोबाइल बरामद गरेको सशस्त्र प्रहरी बल सिरहाका एसपी प्रमोद भारती जानकारी दिए । भारतीय सीमा क्षेत्रबाटै प्रहरीले पछ्याउँदै आए पनि तस्कर गोलबजारमा मोटरसाइकल छोडेर भाग्न सफल भएको प्रहरीको भनाइ छ ।

पच्छ्याइरहेको जानकारी पाएर तस्कर सामानसहितको मोटरसाइकल छोडेर भागेको हुनसक्ने प्रहरीको भनाइ छ । बरामद मोटरसाइकल र १८ थान मोबाइल आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय माडर खेरौना पठाइएको एसपी भारतीले जानकारी दिए ।  रातोपाटी

प्रतिक्रिया दिनुहोस्: