Loktantra Khabar National Weekly
Ad

भिड्दै शाहरूख र प्रभास!

लोकतन्त्र खबर
९ आश्विन २०८०

बलिउड अभिनेता शाहरूख खान यतिबेला ‘जवान’ लाई लिएर चर्चामा छन्। ‘जवान’ ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखिरहेको छ।

यो फिल्मपछि उनी राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ मा देखिनेछन्। यो फिल्म क्रिसमसको अवसर पारेर २२ डिसेम्बरमा प्रदर्शन हुनेछ। यसै मितिमा दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म ‘सलार’ प्रदर्शन हुने भएको छ। तर ‘सलार’ का निर्माण टिमले आधिकारिक जानकारी दिएका छैनन्।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार केही दिनमै ‘सलार’ का निर्माण टिम फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा छन्। राजकुमार हिरानीले ‘डंकी’ निर्माण घोषणा गर्दै फिल्मको प्रदर्शन मिति तय गरेका थिए।

प्रशान्त निल निर्देशित फिल्म ‘सलार’ प्रदर्शन हुने भएपछि ‘डंकी’ को कमाइमा असर पर्न सक्ने भारतीय सञ्चारमाध्यममा उल्लेख छ। यसअघि पनि प्रशान्त निल र शाहरूख खानको फिल्म बक्स अफिसमा एकसाथ प्रदर्शन भएका थिए। सन् २०१८ सालमा प्रशान्त निलको ‘केजिएफ’ र शाहरूख खानको ‘जिरो’ प्रदर्शन भएका थिए। त्यतिबेला ‘जिरो’ फ्लप भएको थियो भने ‘केजिएफ’ सुपरहिट भएको थियो।

यसवर्ष शाहरूख खानको लागि निकै फलदायी रह्यो। यसैवर्ष प्रदर्शन भएका ‘पठान’ र ‘जवान’ ले विश्वभरबाट १ हजार करोड भारू कमाइसकेको छ। तर प्रभासको करियर भने निरन्तर ओरालो लागिरहेको छ।

प्रभासले ‘साहो’ मार्फत बलिउडमा डेब्यू गरेका थिए। तर उनको बलिउड डेब्यू सुखद रहेन। यसपछि पनि उनको फिल्म ‘राधे श्याम’ र ‘आदिपुरूष’ बक्स अफिसमा असफल भए। ‘बाहुबली २’ पछि उनी हिट फिल्मको पर्खाइमा छन्। त्यसैले २२ डिसेम्बरलाई महाभिडन्तको रूपमा हेरिएको छ।

प्रशान्त निल निर्देशित फिल्म ‘सलार’ मा प्रभास र श्रुति हसनको मुख्य भूमिका छ।

राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ मा शाहरूख खान र तापसी पन्नुको मुख्य भूमिका छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: