Loktantra Khabar National Weekly
Ad

आज मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै

लोकतन्त्र खबर
८ आश्विन २०८०

विराटनगर । आज  कोशी प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । मन्त्रिपरिषद् विस्तारका लागि मुख्यमन्त्री कार्कीले छलफल गरेको स्रोतले बतायो ।

उनले आज चारदेखि पाँचजना मन्त्री थप्ने तयारी गरेका छन् । सबै मन्त्री एमालेबाटै थप्ने तयारी रहेको बताइएको छ । मुख्यमन्त्री कार्यालय स्रोतले पनि मन्त्रीमण्डल विस्तार गर्न लागेको पुष्टि गरेको छ।

संविधानको धारा १६८ (३) अनुसार बनेको नेकपा एमालेको अल्पमतको सरकारले आगामी असोज २० सम्म विश्वासको मत लिइसक्नुपर्नेछ । मन्त्री बन्ने सम्भावना भएका नेताहरूमा मोरङका लिलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई रहेका छन् ।

यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छ्न् ।  रातोपाटी

प्रतिक्रिया दिनुहोस्: