Loktantra Khabar National Weekly
Ad

सांसद राघव चड्ढासँग अभिनेत्री परिणीति चोपडाले गरिन् बिहे

लोकतन्त्र खबर
८ आश्विन २०८०

बलिउड अभिनेत्री परिणीति चोपडाले बिहे गरेकी छन्। उनले सांसद राघव चड्ढासँग बिहे गरेकी हुन्।

आइतबार उनीहरूको बिहे भारतको उदयपुरस्थित द लीला प्यालेसमा भएको हो। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार उदयपुरमा बिहे भएपछि उनीहरूले चन्डीगढमा रिसेप्सन पार्टी राखेका छन्।

परिणीति र राघवले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो बिहेको तस्बिर सार्वजनिक गरेका छन्।

उनीहरूको विवाह समारोहमा सानिया मिर्जा, अरविन्द केजरीवाल, मनिष मल्होत्रा, आदित्य ठाकरे, हरभजन सिंह, गीता बसरालगायतको उपस्थिति थियो। कार्य व्यस्तताले गर्दा अभिनेत्री प्रियंका चोपडा भने विवाहमा सहभागी थिइनन्।

परिणीति र राघवले वैशाखमा इन्गेजमेन्ट गरेका थिए। इग्ल्यान्डमा पढ्दा उनीहरूबीच चिनजान भएको थियो।

परिणीतिले द युनिभसिटी अफ म्यानचेस्टरमा पढेकी हुन् भने राघवले लण्डन स्कूल अफ इकोनोमिक्समा पढेका हुन्।

आम आदमी पार्टीका सांसद राघव पेशाले चार्टेड अकाउन्टेन्ड हुन्। गतवर्ष पञ्जाव सरकारले उनलाई सल्लाहकार बनाएको थियो। अन्य क्षेत्रमा काम गर्ने भन्दै विपक्षी दलले उनको आलोचनासमेत गरेका थिए।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: