Loktantra Khabar National Weekly
Ad

सर्लाहीको लालबन्दीमा एकाबिहानै एकघरमा लुटपाट ,घरघनी माथि चक्कु प्रहार

लोकतन्त्र खबर
४ आश्विन २०८०

मनोज यादव—
सर्लाही,असोज ४

सर्लाहीको लालबन्दी नगरपालिका वडा न-५ स्थित शान्ति टोलमा बिहिवार बिहान हतियारधारी लुटेराहरुको समूहले घरघनीलाई घाइते बनाइ लुटपाट गरि फरार भएका छन् ।

बिहान करिब २ बजेको समयमा ५-६ जनाको समूहमा आएका हतियारधारी लुटेराहरुले वडा न-५ को वडा कार्यालय नजिकै रहेको रामचन्द्र ठाकुरको घरमा लुटपाट गरेको हो।

मुखमा रुमाल बाँधेर आएका ती अज्ञात ब्यक्तिहरुले ठाकुरको घरबाट नगद र केही सामानहरु लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रबक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जनाएको छ।

लुटेराहरुको प्रतिकार गर्ने क्रममा लुटेराले प्रहार गरेको छुराबाट घाइते भएका घरधनी ठाकुरको लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार पछि डिस्चार्ज भएर घर फर्किसकेको डिएसपी पन्जियारले जनाएको छ। ठाकुर केही दिन अघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए।

डिएसपी पंजियारका अनुसार लुटपाटमा संलग्न ब्यक्तिहरुको खोजी कार्य भइरहेको छ।घटना स्थलबाट एकथान नलकटुवा पेस्तोल बरामद भएको छ।

लुटपाट भएको वडा न-५ को उक्त बस्ति भर्खरै बसाइएकोले घरहरुको संख्या निकै कम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: