Loktantra Khabar National Weekly
Ad

सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

लोकतन्त्र खबर
३ आश्विन २०८०

काठमाडौँ । सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बोन्ड) जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । प्रतिइकाई एक हजार रुपैयाँ दरका ३० लाख इकाई ऋणपत्र जारी गर्न बोर्डले बैंकलाई अनुमति दिएको हो ।

कूल ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै कर्मचारीका लागि सुरक्षित गरेको छ ।

१० वर्षका लागि जारी ऋणपत्रमा १० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । कम्पनीको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहनेछ ।  रातोपाटी

प्रतिक्रिया दिनुहोस्: