Loktantra Khabar National Weekly
Ad

वीर अस्पतालमा हप्ताको ३ दिन मृगौला प्रत्यारोपण हुने

लोकतन्त्र खबर
३ आश्विन २०८०

काठमाडौँ । वीर अस्पतालले हप्ताको तीन दिन यूरोलोजी ओपीडी सञ्चालनमा ल्याएको जनाएको छ । १ असोजदेखि प्रत्येक हप्ताको आइतबार, मंगलबार र बिहीवार यूरोलोजी ओपीडी सञ्चालन गरिएको अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताए ।

साथै प्रत्येक हप्ताको आइतबारदेखि शुक्रबारसम्म (६ दिन) शल्यक्रिया सञ्चालन गरिएको डा.पौडेलले बताए ।

यस्तै, सो अस्पतालमा मृगौला प्रत्यारोपण हप्ताको ३ दिन गर्ने उनले सुनाए । १ असोजदेखि सोमबार, बुधबार र शुक्रबार मृगौला प्रत्यारोपण गरिने निर्देशक डा.पौडेलले बताए । रातोपाटी

प्रतिक्रिया दिनुहोस्: