
काठमाडौं । लिटिल बुद्धका रूपमा परिचित र्यापर साकारले पोखरामा सोलो कन्सर्ट गरेका छन् । ‘इभोलुसन टुर–साकार इन पोखरा’ नाम दिइएको कन्सर्टमा साकारले विभिन्न गीत गाएका थिए ।
पोखराको लेकसाइडस्थित क्लब सिक्सटिनमा आयोजित कन्सर्टमा साकारले हाउसफूल दर्शकमाझ आफूलाई प्रस्तुत गरेका थिए । उनको कन्सर्टमा करिब सात सय दर्शक उपस्थित थिए ।
उनले ‘गाजा मेन’, ‘कब्जा’, ‘१००’, ‘नेप्लिज स्टाइल’, ‘मेक द्याट मनी’ र उनको पछिल्लो एलबम ‘इकेस्टेसी इन द प्यालेस’का गीत सुनाएका आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
साकारले कन्सर्टमा दिवंगत गुरु यम बुद्धलाई समर्पित गर्दै ‘सपना’ गीत गाएका थिए । यो गीत गाइरहँदा उनले मानसिक अस्वस्थताका बारेमा मन्तव्य दिएका थिए । मानिस मानसिक रूपमा अस्वस्थ रहँदा के कस्तो असर पर्छ भन्ने जानकारी दिएका थिए । बाह्रखरी
प्रतिक्रिया दिनुहोस्: