Loktantra Khabar National Weekly
Ad

असोज महिना लागि ६ बैङ्कले घटाए ब्याँजदर, सबैभन्दा बढी घटाउने नेपाल बैङ्क

लोकतन्त्र खबर
२ आश्विन २०८०

काठमाडौ । वाणिज्य बैङ्कहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स  सङ्घले बैङ्कहरूलाई आफुखुसी  ब्याँजदर बढाउन वा घटाउनका लागि स्वतन्त्रता दिएसँगै बैङ्कहरूले आ–आफ्नो ब्याजदर सार्वजनिक गर्दै आएका छन् ।

असोज १ गते बाट लागु हुने गरी २१ वटा वाणिज्य बैङ्कहरू मध्ये १७ वटाले बैङ्कले नयाँ ब्याँजदर प्रकाशित गरेका हुन् । जसमध्ये ६ वटा बैङ्कहरूले असोज महिनाका लागि ब्याँजदर घटाएर सूचना प्रकाशित गरेका छन् ।

असोज महिनाका लागि ब्याजदर घटाउनेमा ग्लोबल आइएमई  बैङ्क, लक्ष्मी सनराइज  बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कुमारी बैङ्क, सिटिजन्स  बैङ्क र नेपाल बैङ्क छन् । यी बैङ्कहरूले भदौ महिनाको तुलनामा असोज महिनाका लागि केही प्रतिशत ब्याँजदर घटाउँदै नयाँ ब्याँजदर सार्वजनिक गरेका हुन् । असोज महिनाका लागि ब्याजदर घटाउने बैङ्कहरू मध्ये नेपाल बैङ्कले सबैभन्दा बढी १.६०३ प्रतिशत ब्याज घटाएको हो। भदौको तुलनामा नेपाल बैङ्कले १.६०३ प्रतिशतले ब्याजदर घटाएको छ । असोजमा बैङ्कले मुद्दती निक्षेपको व्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७.२९३ प्रतिशत ब्याँज प्रदान गर्ने भएको छ ।

भदौं महिनामा बैङ्कले मुद्दती निक्षेपको व्यक्तिगततर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याँज दिएको थियो । यस्तै, सिटिजन बैङ्कले पनि भदौ महिनाको  तुलनामा ०.८४६ प्रतिशतले ब्याँजदर घटाएको छ ।  बैङ्कले असोजमा व्यक्तिगत तर्फ १०.०५ प्रतिशत र संस्थागततर्फ ८.०५ प्रतिशत ब्याँजदर कायम गरेको छ। भदौ महिनामा बैङ्कले व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याँज दिएको थियो ।

कुमारी बैङ्कले असोज महिनाका लागि व्यक्तिगत तर्फ १०.११ प्रतिशत र संस्थागत तर्फ ८.११ प्रतिशत प्रतिशत ब्याँजदर कायम गरेको छ । जुन भदौ महिनाको तुलनामा ०.७८६ प्रतिशत कम हो । भदौ महिनामा बैङ्कले व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो ।

त्यसै गरी, राष्ट्रिय वाणिज्य बैङ्कले असोज महिनाका लागि व्यक्तिगत तर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याँजदर तोकेको छ । यो भदौ महिनाको तुलनामा ०.४९ प्रतिशत कम हो । बैङ्कले भदौ महिनाका लागि व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याँज दिएको थियो ।

लक्ष्मी सनराइजले पनि नयाँ ब्याँजदर सार्वजनिक गर्दै असोज महिनाका लागि ब्याँजदर तोकेको छ । बैङ्कले भदौ महिनाको तुलनामा केही प्रतिशत ब्याँजदर कम गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैङ्कले असोज महिनाका लागि व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । भदौ महिनामा बैङ्कले व्यक्तिगततर्फ १०.४ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर दिएको थियो ।

त्यसै गरी, ग्लोबल आइएमई बैङ्कले पनि भदौ महिनाको तुलनामा ०.३९६ प्रतिशतले ब्याजदर घटाएको छ। बैङ्कले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ १०.५ प्रतिशत र संस्थागततर्फ ८.५ प्रतिशत ब्याज दिने भएको हो । खरीबोट

प्रतिक्रिया दिनुहोस्: