Loktantra Khabar National Weekly
Ad

चलचित्र ‘कप्टी’ को अस्ट्रेलियामा विशेष प्रदर्शन हुने

लोकतन्त्र खबर
२ आश्विन २०८०

भूपेन्द्र गुरूङको निर्देशनमा बनेको  चलचित्र ‘कप्टी’ को अस्ट्रेलियामा विशेष प्रदर्शन हुने भएको छ।

यही सेप्टेम्बर २२ तारिख शुक्रबार तमु समाज भिक्टोरियाले अस्ट्रेलियामा चलचित्रको विशेष शो गर्न लागेको हो।

अस्ट्रेलियाको समय अनुसार साँझ ५ बजे भिक्टोरियास्थित काठमाडौं ब्याङ्क्वेटमा चलचित्रको प्रदर्शन हुने निर्देशक भूपेन्द्र गुरूङले बताए।

उमेश गुरूङ, उर्मिला गुरूङ, शेरबहादुर गुरूङ, केशव राई, स्मृति बलामी, सोनी गुरूङ, विकास गुरुङ, बिनु गुरूङ लगायतको अभिनय रहेको चलचित्रलाई भूपेन्द्र गुरूङले लेखन निर्देशन गरेका हुन् भने मोहन कुमार खत्री, प्रेम बहादुर गुरूङ, मिनु लामा र मनिता गुरूङ निर्माता छन्।

यसअघि युके र अमेरिकामा विशेष प्रदर्शन गरेको चलचित्रको ‘झ्याइँ पारौं सोल्टिनी’ बोलको गीत युट्युबमा सार्वजनिक भाएको छ भने ट्रेलर विशेष कार्यक्रम गरेर छिट्टै सार्वजनिक गरिने निर्माण युनिटले जनाएको छ। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: