Loktantra Khabar National Weekly
Ad

आइफोन १५ सिरिजमा के-के छन् नयाँ विशेषता ?

लोकतन्त्र खबर
२९ भाद्र २०८०

काठमाडौं  भदौ २९ , एप्पलले मंगलबार आइफोन १५ सिरिज तथा नयाँ एप्पल वाच सार्वनिक गर्‍यो । कम्पनीले यसपटक डिजाइन, फिचर्स तथा डिभाइसको पर्फमेन्समा ध्यान दिएको छ ।

पहिलो पटक आइफोनमा युएसबी टाइप सी पोर्ट राखेको एप्पलले ल्याएका चारवटा मोडेलका नयाँ आइफोनका खास विशेषताहरु के के छन् त ?

आइफोन १५ का फिचर्स

आइफोन १५ सिरिजको आधारभूत मोडलमा ६.१ इन्चको सुपर रेटिना एक्सडीआर ओएलइडी डिस्प्ले रहेको छ ।

स्क्रिनको पिक्सेल रिजोलुसन २५५६गुणा ११७९ रहेको छ । यसमा ए १६ बायोनिक चिपसेट रहेको छ । १२८ गिगाबाइट स्टोरेज भेरिएन्टमा उपलब्ध आइफोन १५ को ब्याक प्यानलमा डुअल क्यामेरा सेटअप रहेको छ । जसमा ४८ मेगापिक्सेलको प्राइमेरी क्यामरा तथा १२ मेगापिक्सेलको टेलिफोटो लेन्स रहेको छ ।

त्यस्तै आइफोन १५ मा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । फोनको लम्बाई १४७.६ मिलिमिटर, चौडाई ७१.६ मिलिमिटर तथा मोटाई ७.८ मिलिमिटर रहेको छ । साथै यसको तौल १७१ ग्राम रहेको छ ।

आइफोन १५ प्लस

६.७ इन्चको सुपर रेटिना एक्सडिआर ओएलइडी डिस्प्ले रहेको आइफोन १५ प्लसको डिस्प्लेमा २००० निट्सको पिक ब्राइटनेस उपलब्ध छ । स्क्रिनको पिक्सेल रिजोलुसन २७९६ गुणा १२९० रहेको छ । यसमा पनि आधारभूत मोडेलमा जस्तै ए१६ बायोनिक चिपसेट प्रयोग गरिएको छ ।

आइफोन १४ प्रो तथा आइफोन १४ प्रो म्याक्समा पनि यहीँ चिप रहेको थियो । आइफोन १५ प्लसको क्यामेरा सेटअप आइफोन १५ को आधारभूत मोडेलमा जस्तै रहेको छ ।

फोनको लम्बाई १६०.९ मिलिमिटर, चौडाई ७७.८ मिलिमिटर तथा मोटाई ७.८ मिलिमिटर रहेको छ । साथै यसको तौल २०१ ग्राम रहेको छ ।

आइफोन १५ र १५ प्लस कालो, निलो, हरियो, पहेँलो र गुलाबी रङमा उपलब्ध छन् । दुबै मोडेलमा ६गिगाबाइटको र्यामका साथै १२८, २५६ तथा ५१२ गिगाबाइट गरी तिनवटा स्टोरेज अप्सन रहेका छन् ।

साथै दुबै मोडेलमा डाइनामिक आइल्याण्ड रहनुका साथै ह्याप्टिक टच फिचर पनि उपलब्ध छ भने आइओएस १७ अपरेटिङ सिस्टमबाट चल्दछ ।

आइफोन १५ प्रो

यसमा ६.१ इन्चको सुपर रेटिना एक्सडीआर ओएलइडी डिस्प्ले रहेको छ । सबैभन्दा महत्वपूर्ण यसमा राखिएको अत्याधुनिक तथा सबैभन्दा पछिल्लो चिपसेट हो ।

एप्पलले यो मोडेलमा ए१७ प्रो ३ नानोमिटरको चिपसेट प्रयोग गरेको छ ।

यसमा ८ गिगाबाइट र्याम हुनुका साथै १२८, २५६, ५१२ जिबी तथा १ टेराबाइट गरी चारवटा स्टोरेज अप्सन उपलब्ध छन् ।

आइफोन १५ प्रो को ब्याक प्यानलमा ट्रिपल क्यामेरा सेटअप रहेको छ । जसमा ४८ मेगापिक्सेलको प्राइभेसी वाइड एंगल क्यामरा, १२ मेगापिक्सेलको टेलिफोटो तथा अर्को १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा रहेको छ भने १२ मेगापिक्सेलको सेल्फी क्यामरा छ ।

प्राइमेरी क्यामेरामा सेन्सर शिफ्ट ओआइएस रहेको छ । यसमा ३ गुणा अप्टिकल जूम क्षमता रहेको छ ।

१४६.६ मिलिमिटर लम्बाई, ७०.६ मिलिमिटर चौडाई तथा ८.३ मिलिमिटर मोटाई रहेको आइफोन १५ प्रोको वजन १८७ ग्राम छ ।

यसमा कालो टाइटानियम, सेतो टाइटानियम, निलो टाइनानियम तथा नेचरल टाइटानियम गरी चारवटा रङ उपलब्ध छन् ।

आइफोन १५ प्रो म्याक्स

६.७ इन्च को सुपर रेटिना एक्सडीआर ओएलइडी डिस्प्ले रहेको यो मोडेलमा प्रो मोडेलमा जस्तै HDR, True Tone, Dynamic Island, always on display तथा 120Hz ProMotionजस्ता फिचर उपलब्ध छन् । साथै यसमा पनि ए१७ प्रो ३ नानोमिटरको चिपसेट रहेको छ ।

यसमा ८ जिबी र्यामका साथै २५६ जिबी, ५१२ जिबी र १ टेराबाइट गरी तिनवटा स्टोरेज अप्सन उपलब्ध छन् ।

यसमा पनि प्रो मोडेलमा जस्तै ब्याक प्यानलमा ट्रिपल क्यामरा सेटअप तथा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यसमो प्राइमरी क्यामरामा ५ गुणा अप्टिकल जूम रहेको छ ।

१५९.९ मिलिमिटर लम्बाई, ७६.७ मिलिमिटर चौडाई तथा ८.३ मिलिमिटर मोटाई रहेको आइफोन १५ प्रो म्याक्सको वजन २२१ ग्राम छ । यसमा कालो टाइटानियम, सेतो टाइटानियम, निलो टाइनानियम तथा नेचरल टाइटानियम गरी चारवटा रङ उपलब्ध छन् ।

एप्पलका नयाँ आइफोनमा स्क्रिनको सुरक्षाका लागि सेरामिक शिल्डको प्रयोग गरिएको छ त्यस्तै टाइटानियम फ्रेम र  डुअल सिम फिचर उपलब्ध छन् ।    अनलाइन खबर

                                एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्: