Loktantra Khabar National Weekly
Ad

एभरेष्ट बैंकले घोषणा गर्‍यो लाभांश, नगद र बोनस कति?

लोकतन्त्र खबर
२८ भाद्र २०८०

एभरेष्ट बैंकले आर्थिक वर्ष २०७९/८० को संञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर सहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार ४३६ रुपैयाँ छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

कम्पनीले गत वर्ष १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कुल २०.६८ प्रतिशत लाभांश दिएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: