
माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ।
माछापुच्छ्रे बैंक चालु आर्थिक वर्ष २०७९/८० मा साधारण सभा घोषणा गर्ने पहिलो बैंक बनेको हो।
बैंकको सेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफबाट हाल कायम चुक्तापुँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल कर सहित १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो।
बैंकको चुक्तापुँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ।
बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ एटिएममार्फत् १५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ। सेतोपाटी